वीरगन्ज,२७ बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा खानेपानी वितरणका लागि करिब ४ करोड ५० लाखको लागतमाा ओभरहेड ट्यांकीको निर्माण कार्य सुरु भएको छ ।
शनिबार संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उक्त खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास गरेका हुन्।त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर एंव नेपाल खानेपाानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमाान सिंहकोपनि उपस्थिती रहेको थियो ।
खानेपाानी मन्त्रालयको नगवा खानेपानी योजना अन्तर्गत त्यहाँ ४ सय ५० घनमिटर क्षमताको खानेपानी ओभरहेड टंकी निमर्माण गर्न थालिएको हो । शिलान्यास कार्यक्रममा बाोल्दै मन्त्री याादवले खानेपानी ओभरहेड टंकी निर्माणपछि नगवा र त्यस आसपासको क्षेत्रका बासिन्दालाई शुद्ध, सुरक्षित र व्यवस्थित रूपमा खानेपानी उपलब्ध हुने विश्वास लिएको बताए।
खानेपानीजस्तो आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व भएको भन्दै उनले यही उद्देश्यका साथ प्रारम्भ गरिएको यो आयोजना तोकिएको समयसीमा भित्र सफलतापूर्वक सम्पन्न हुनेमा आँफु विश्वस्त रहेको बताए ।
शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरकाा मेयर राजेशमान सिंहले नगवामा खानेपानी ओभरहेड टंकीको निर्माणापछि वडा नम्बर १६ का नागरिकले सहज रुपमा शुद्ध र स्वच्छ खानेपानी पाउने बताए ।यस आयोजनाले स्थानीयको जिवनस्ततरमा अझै सहजता ल्याउने भन्ददै उनले आयोजना निर्माणका लागि मन्त्री यादववलाई धन्यवाादपनि दिए ।
वडा नम्बर १६ की वडा सदस्य लवंगी देवीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, जसपाका जिल्ला अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्रापÞm, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी ,जसपाका केन्द्रीय सदस्यहरु पुरषोत्तम लाल झा ,मधुमाया यादव,संघीय परिषद सदस्य असलम आलम ,भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद ,वीरन्ज–१५ का वड़ाध्यक्ष रमेश यादव लगायतकाकोपपनि सहभागिता थिथयो ।

