Madhes Khabar
स्थानिय हेडलाइन

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

वीरगन्ज,४जेष्ठ:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा शुक्रबार नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५२किलाेकाे मालाले स्वागत गरिएको छ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ ओैराहा पन्चगावास्थित दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको समुद्घाटन गर्न शुक्रबार पुगेका ओलीलाई ५२ किलाेकाे मालाले स्वागत गरिएको हाे।कार्यक्रममा सखुवाप्रसाैनी गाँउपालिकका अध्यक्ष यशवन्त यादवले अध्यक्ष ओलीलाई ५२ किलाेकाे माला लगाएर स्वागत गरेका हुन् ।

शिक्षा विज्ञान तथा मानव स्रोत विकास केन्द्र काठमाडौको आर्थिक सहयोगमा प्राप्त १ करोड ८५ लाखको लागतमा ३२ वटा काेठा रहेकाे तीन तल्ले छात्रावास निर्माण गरिएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महत्ताेको अध्यक्षतामा भएकाे कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर माहासेठ,कृषि मन्त्री ज्वाला साह,प्रदेश सरकारका शिक्षामन्त्री प्रमाेद जयसवाल, संघीय सांसद राजकुमार गुप्ता र प्रभु हजरा,,गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो,नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोज गुप्ता,पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,प्रधानाध्यापक शिवनाथ चौधरी लगायतकोपनि सहभागीता थियाे।

Related posts

बारा ३ मा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

MadhesKhabar

पर्साको बिन्दवासिनी गाँउपालिकामा भ्रष्टचार बढेको भन्दै खबरदारी गर्ने नेविसंघको निर्णय

MadhesKhabar

Leave a Comment