Madhes Khabar
स्थानिय हेडलाइन

आदर्शनगरमा सन्तोषको गोदाममा सशस्त्र प्रहरीको छापा,५० लाख बढीको कपडा र हार्डवेयर बरामद

वीरगन्ज,१४माघःवीरगन्ज–१० आदर्शनगरको एक गोदाममा सशस्त्र प्रहरीले छापा मारेर ५० लाख रुपैयाँ भन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरु नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई गोदममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले ५० लाख रुपैयाँ भन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरु नियन्त्रणमा लिएको हो ।सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो ।

त्यसक्रममा गोदमभित्र भण्डरण गरि राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याईएका सामानहरु रहेको उनले दाबी गरे । बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेकोपनि जानकारी दिदै उनले ती सबै सामान आवश्यक कारबाहीका लागि सोमबार अपरान्ह वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।

सोमबार आदर्शनगरबाट सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको गोदाम ट्रान्सपोर्ट कारोबारी सन्तोष साहको रहेको श्रोतले जनाएको छ । तर सशस्त्र प्रहरीले भने गोदाम धनीको नाम भने खुलाएको छैन ।

 

Related posts

बालेनकाे असर पाेखरीयामा पनि : अतिक्रमण हटाउन तीन दिने सुचना जारी

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

बाराको छतवा नाकाबाट धानको तस्करी, ५५ बोरा धानसहित ४ वटा मोटरसाइकल बरामद

MadhesKhabar

Leave a Comment