Madhes Khabar
राजनीति

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने अडान

फाइल फोटो

काठमाडौं,०३माघ: जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ । यही अवस्थामा सरकारमा नजाने उसको अडान छ ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए ।

तर यादवले अस्वीकार गरेका छन् । उनले भने, ‘भागवण्डाको विषयमा जसपाको असहमति छ । यही हालतमा सरकारमा जान अस्वीकार गरेको छ ।’

जसपा अध्यक्ष यादव प्रस्तावित मन्त्रीको संख्या र मन्त्रालयमा सन्तुष्ट छैनन् । साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिबारे समेत प्याकेजमा सहमति हुनुपर्ने उनको अडान छ । स्रोतका अनुसार जसपाले उपराष्ट्रपति लिन चाहेको छ, जुन दिन माओवादी तयार छैन ।

सत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।साभार:अनलाइनखबर

Related posts

सिके राउतको पार्टीसंग एकता गर्न लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

MadhesKhabar

जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ

MadhesKhabar

पर्सामा जनमत पार्टीमा गयो भुईचालो :एकैसाथ पाँच केन्द्रिय सदस्यले छाडे पार्टी,जसपा नेपालमा प्रवेश

MadhesKhabar

Leave a Comment