Madhes Khabar
राजनीति

सिके राउतको पार्टीसंग एकता गर्न लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं,१७बैशाखः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच मंगलबार पार्टी एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।चौधरीलाई प्रहरीले किन पक्राउ गरेको भन्ने कारण भने खुलाएको छैन ।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका
प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।

 

Related posts

मुख्यमन्त्रीका दाबेदार काँग्रेसका क्षेत्री भन्छन् : पार्टी नेतृत्व मेरो पक्षमा सकरात्मक छ

MadhesKhabar

रमेश खरेल काठमाण्डौ १ बाट सांसदको चुनाव लड्ने घोषणा

MadhesKhabar

सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंले भेटे

MadhesKhabar

Leave a Comment