Madhes Khabar
राजनीति

सिके राउतको पार्टीसंग एकता गर्न लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं,१७बैशाखः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच मंगलबार पार्टी एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।चौधरीलाई प्रहरीले किन पक्राउ गरेको भन्ने कारण भने खुलाएको छैन ।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका
प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।

 

Related posts

युवाको रगतमाथि सत्ता कु गरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गर्न माग

MadhesKhabar

पर्सा १ मा कांग्रेस कार्यवाहक क्षेत्रीय सभापितकाे जिम्मेवारी सिंहलाई

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

MadhesKhabar

Leave a Comment