Madhes Khabar
राजनीति

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं,१४पुस: कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।

स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।

त्यस्तै, १८ जना समानुपातिक सांसदमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।

पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।

सोमबार काठमाडौंमा उनीहरूबीच पुन: भएको छलफलमा सहमति जुटेको हो ।साभार:अनलाइनखबर

Related posts

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ३ जना जेल चलान

MadhesKhabar

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि

MadhesKhabar

जसपा उम्मेदवार गुप्ताकाे लाेकप्रियता बढ्दै

MadhesKhabar

Leave a Comment