Madhes Khabar
राजनीति

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन शाह, तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौँ,११वैशाख: प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारत भ्रमणमा जाने भएका छन् । भारतले बालेनलाई भ्रमणको निम्तो दिइसकेको छ ।

प्रधानमन्त्री बालेनले निम्तो स्वीकार समेत गरिसेका छन् । भ्रमण निश्चित भएसँगै परराष्ट्र मन्त्रालय पनि तयारीमा जुटिसकेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले मोरिसस गएको बेला प्रधानमन्त्री बालेनको भारत भ्रमण चाँडै हुने बताएका थिए।

भारतका विदेश मन्त्री एस.जयशंकरसँगको भेटघाटमा पनि प्रधानमन्त्री बालेनको भ्रमणको बारे मन्त्री खनालसँग छलफल भएको थियो ।

प्रधानमन्त्री बालेको भ्रमणको तयारीका लागि चाँडै नै विदेश मन्त्रालयको विदेश सचिवलाई पठाउने मन्त्री जयशंकारले भनेका थिए । परराष्ट्र मन्त्री खनाल मोरिससबाट फर्केपछि बालेनको विदेश भ्रमणको तयारी सुरु भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले तयारी भन्दा पनि अहिले प्रारम्भिक तयारी सुरु भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको भारतको भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ, कहिले जाने भन्ने कुराको अहिले कुनै टुंगाे छैन ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री बालेनको भ्रमणको तयारीको बारेमा छलफल गर्न चाँडै नै भारतबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनकाे पहिलो विदेश भ्रमण भारत हुने छ।साभार:राताेपाटी

Related posts

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने

MadhesKhabar

७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजिनामा

MadhesKhabar

Leave a Comment