Madhes Khabar
राजनीति

जसपा नेपालले सरकार छाड्ने बारे भोलि औपचारिक निर्णय गर्छ : प्रवक्ता सुमन

काठमाडौं,३०बैशाख:जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले साेमबार केन्द्रीय समिति बैठक बोलाएका छन्।

पार्टी प्रवक्ता मनिष सुमनका सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ।

महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिए।

मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएका छन्।

यससँगै संघीय सरकारमा पनि के गर्ने भन्नेबारे जसपा नेपालले केन्द्रीय समितिमै छलफल गर्न लागेको छ।संघीय सरकारमा अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्।

अशोक राई नेतृत्वमा जसपा नेपालका ७ जना संघीय सांसदले अलगिएर जनता समाजवादी गठन गरेका थिए।

Related posts

यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसदहरु

MadhesKhabar

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

अबको दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहने, त्यसपछि ओली

MadhesKhabar

Leave a Comment