Madhes Khabar
राजनीति हेडलाइन

पूर्वमन्त्री यादवसंगै वीरगन्जका मेयर, ६ जना वडाध्यक्ष लगायतका नेताहरु पनि जसपा छाडेर एमाले प्रवेश

वीरगन्ज,५माघ :पूर्वमन्त्री तथा पर्सा-१ निवर्तमान सांसद प्रदीप यादवसंगै वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, पूर्व सांसद इस्तियाक राइसहित जसपा र जसपा नेपालका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

भक्तपुरकाे गुण्डुस्थित ओली निवासमा आइतबार राति जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री यादव,जसपाका महासचिव तथा पूर्व सांसद इस्तियाक राई, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायत एमालेमा प्रवेश गरेका हुन्।

उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे।

एमाले प्रवेश गर्ने अन्यहरुमा जसपाका केन्द्रीय सदस्य पुरुषाेत्तमलाल झा,जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महमद अन्सारी, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय चाैरसिया, वडा नम्बर १४ का वडाध्यक्ष महबुब इलाही,वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव,वडा नम्बर २३ का वडाध्यक्ष राधाकृष्ण राैनियार, वडा नम्बर ३० का वडाध्यक्ष मनाेज यादव, वडा नम्बर ३२ का वडाध्यक्ष महमद रियाज र पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमपनि रहेकाे पूर्वमन्त्री यादवले जानकारी दिए ।

त्यस अवसरमा एमालेका केन्द्रीय सचिव महेश बस्नेत,वीरगन्ज महानगरपालिकाका पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजय सरावगी,एमाले पर्साका इन्चार्ज प्रभु हजरा,एमाले मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, निर्मला देवकाेटा लगायतका नेताहरुकाेपनि विशेष उपस्थिति थियाे।

Related posts

वीरगन्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालको सरुवा

MadhesKhabar

तराई मधेसमा आज खिंचडी पर्व मनाइदैं

MadhesKhabar

केपी ओलीका लागि गुण्डुमा बनाउन थालियाे ‘ओली कुटी’

MadhesKhabar

Leave a Comment