Madhes Khabar
राजनीति

केपी ओलीका लागि गुण्डुमा बनाउन थालियाे ‘ओली कुटी’

काठमाडौं,१८मंसिर:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको छ ।

‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा त्यसबेलाका प्रधानमन्त्री ओलीकाे भक्तपुरको बालकाेटमा रहेकाे घर जलाइएपछि ओली हाल गुण्डुकाे एक घर भाडामा लिएर बस्दै आएका छन्।

जन्मथलो तेह्रथुम, गृहजिल्ला झापा र हाल बसोबास रहेको भक्तपुरको बालकोटस्थित घर जेन-जीहरूका नाममा जलाइएको थियो ।

त्यसपछि ओलीलाई अहिले बस्नेतले गुण्डुमा अस्थायी बसोबासको व्यवस्था गरिदिएका हुन् । बस्नेतले यसअघि नै गुण्डुमा ओलीका लागि भवन बनाइदिने प्रतिबद्धता जनाएका थिए ।साभार:खबरहब

Related posts

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार रुपेश पाण्डेयको चुनाव खर्च ११ लाख ७५ हजार मात्र

MadhesKhabar

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

Leave a Comment