वीरगन्ज,२८ फागुनःपर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाललेका तर्फ उम्मेदवार बनेर चुनाव लडेका रुपेश कुुमार पाण्डेयले यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
आफ्ना निर्वाचन प्रतिनिधि विन्ध्यान्चल ठाकुरमार्फत पाण्डेयले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण बिहीबार निर्वाचन कार्यालयय पर्सामा बुझाएका हुन् ।
जसममा उनले कूल ११ लाख ७५ हजार २७१ रुपैयाा ८ पैसामात्रै खर्च भएको उल्लेख गरेका छन् । पाण्डेयले सबैभन्दा बढी प्रचार प्रसार सामाग्रीमा ४ लाख ९५ हजार २७३ रुपैयाँ र इन्धनमा २ लाख रुपैयाँ खर्च भएको जनाएका छन् । यस्तै सवारी साधानको भाडा बापत १ लाख ९० हजार रुपैयाँ, पालिकास्तरीय बैठक नास्तामा १ लाख ३१ हजार ६५० रुपैयाँ , निर्वाचन परिचालन सम्पर्क कार्यालय सञ्चालनमा ६७ हजार ३४८ रुपैउाँ खर्च भएको पाण्डेयले पेस गरेको खर्च विवरणमा उल्लेख छ ।
यसैगरि नास्ता र चियामा ५७ हजार रुपैयाँ, पानीमा १५ हजार रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको पाण्डेयले निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरणमा उल्लेख छ ।
फागुन २१ को निर्वाचनमा पर्सा–३ रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतका साथ निर्वाचित हुदाँ कांग्रेसका सुरेन्द्र चौधरी १६ हजार ३६६ मतका साथ दोस्रो र एमालेका पाण्डेय ११ हजार ९१४ मतका साथ तेस्रो भएका थिए ।


