Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालको सरुवा

सशस्त्र प्रहरीका डिएसपी सुरज रिजाल

वीरगन्ज,७मंसिरःवीरगन्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको सरुवा भएको छ । उनको धनुषा महिनाथपुरस्थित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्ममा सरुवा भएको हो ।

रिजालको स्थानमा अब वीरगन्ज भन्सार कार्यालयको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा आउने भएका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले बिहीबार रिजालसहित तीन जन सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको हो । जस अनुसार वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालको धनुषमा सरुवा भएको भने सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल नम्बर ३७ गण हेड क्वार्टरमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बालाई वीरगन्ज भन्सार कार्यालयमा सरुवा गरिएको हो ।

 

 

Related posts

वीरगन्जका मतदाता भन्छन् : यसपालि हाम्रो रोजाइ अजय चौरसिया र रमेश कुर्मी

MadhesKhabar

वीरगन्जसहित मधेसभर छठको तयारी सुरु,बजारमा किनमेल गर्नेहरुकाे चहलपहल

MadhesKhabar

बारा २ मा चलेन रास्वपाको जादु , एसपी खरेलको जमानत समेत जफत

MadhesKhabar

Leave a Comment