
काठमाडौं,३०पुसः काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
निर्वाचन समितिका अनुसार आजै (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार साँझ ५ बजे दाबी विरोधको छानबिन पश्चात् उम्मेदवारको पुनः नामावली प्रकाशन गरिनेछ । यस्तै साँझ ५ः३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ ।
उनका अनुसार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र राति ८ बजेदेखि ११ बजेसम्म मतदान हुनेछ ।


