काठमाडौं,१०जेष्ठ : जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जसपाका अध्यक्ष समेत रहेका यादवले यस्तो बताएका हुन्। ‘नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरी लागू गर्नुपर्छ’ उनले भनेका छन्।
बुधबारकै बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले पनि नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका थिए।
विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको यादवको भनाइ छ ।
प्रतिनिधिसभाको अघिल्लो कार्याकालमा संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणिकरण गरिनन्।
भण्डारीको कार्यकाल सकिएर राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि पुनः प्रमाणिकरण गर्न मिल्छ वा मिल्दैन भनेर बहस भइरहेका बेला नेताहरुले मिल्ने र प्रमाणीकरण गर्नुपर्ने बताएका हुन्।साभार:अनलाइनखबर