Madhes Khabar
राजनीति

बारामा काँग्रेसका चार जनाले उम्मेदवारी फिर्ता लिए

माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख:
बारामा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बारागढी गाउँपालिका वडा नम्बर ४ मा काँग्रेसबाट दलित महिला वडा सदस्यकी उम्मेदवार तुरुन्तीदेवी दुसादिन, महिला सदस्य उम्मेदवार अनितादेवी साह, वडा सदस्यका उम्मेदवार तुलसी साह र रामानन्द गिरीले उम्मेलवारी फिर्ता लिएका हुन् ।
वडा अध्यक्ष पदमा काँग्रेसबाट दुइ जनाको मनोनयन दर्ता भएकोमा आधिकरीकतामा विवाद भएपछि ती ४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
काँग्रेसबाट वडाध्यक्षका लागि रामकृपाल चौधरी र सिकेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका पछि अधिकारीकताको विषयमा विवाद भएको थियो ।
विवादपछि निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पौडेलले रामकृपालको उम्मेदवारीलाई आधिकारिकता दिएपछि सिकेन्द्र पक्षका चारै जनाले मनोनयन फिर्ता लिएका हुन् ।
कांग्रेसबाट वडाअध्यक्षमा सिकेन्द्रलाई आधिकारिक उम्मेदवार कायम नगरेपछि आफुहरुले उम्मेदवारी फिर्ता लिएको उम्मेदवारी फिर्ता लिएका मध्येका गिरीले बताए ।
निर्वाचन अधिकृत पौडेलकाअनुसार रामकृपालको हकमा कांग्रेसबाट महामन्त्रीको पत्र आएको थियो । पासवानको हकमा प्रदेशबाट पार्टी उपसभापतिको पत्र आएको थियो । निर्वाचन अधिकृत पौडेलले महामन्त्रीको पत्रलाई आधिकारिक मानेर रामकृपाललाइ आधिकारिक मानिएको पौडेलले बताए ।

Related posts

जसपाको भागमा वन मन्त्रालय ,तर मन्त्रीको नाम बैशाख २७ गतेपछि मात्रै पठाउने

MadhesKhabar

वीरगन्जमा जसपाको केन्द्रिय बैठक सम्पन्न : चैतमा संघीय परिषद् भेला काठमाडौंमा गर्ने निर्णय

MadhesKhabar

खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानबिन समिति गठन

MadhesKhabar

Leave a Comment