Madhes Khabar
राजनीति

सरकारकाे नयाँ बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेको छ : मन्त्री यादव

काठमाडौं,६ असार : खानेपानीमन्त्री प्रदीप यादवले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् ।

ललितपुरमा शुक्रबारदेखि सुरु जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेकाे बताए ।

उनले भने, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो बनायो भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, ऐतिहासिक छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै मन्त्री यादवले खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए ।

उनले भने, “यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।”

मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

Related posts

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन पक्राउ

MadhesKhabar

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

MadhesKhabar

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

MadhesKhabar

Leave a Comment