Madhes Khabar
राजनीति

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन पक्राउ

तस्बिर : अन्नपूर्णपोष्ट

हेटौंडा,३चैतः नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।

बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । कार्यक्रममा बलमे तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै प्रचण्डको तस्बिरमा आगो लगाएका थिए । उक्त कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

 

Related posts

कांग्रेसकाे रुपान्तरण अभियान जनकपुरबाट सुरु

MadhesKhabar

पर्साका चारै क्षेत्रका एमाले उम्मेदवारहरुलाई बेलाएर प्रेस चौतारीले गर्‍यो जिल्ला भेला

MadhesKhabar

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

Leave a Comment