
वीरगन्जको घण्टाघर चाेकमा शुक्रबार राष्ट्रिय एकता दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा दलकाे ब्यानर राख्ने विषयमा राजवादीहरुबिच विवाद भएकाे हाे।एकता दिवसको अवसरमा श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले आयाेजना गरेकाे नागिरक सभा चलिरहेकै बेला राप्रपाका नेता कार्यकर्ताले राप्रपाकाे ब्यानर राख्न खाेज्दा विवाद भएको हाे।

राप्रपाकाे ब्यानर हटाइएपछि कार्यक्रममा अतिथीका रुपमा मञ्चमा आसिन राप्रपा नेतृ तथा प्रतिनिधि सभा सदस्य कुर्मी लगायत राप्रपाका नेता कार्यकर्ता उठेर हिडेका थिए ।त्यसपछि आयाेजक संस्थाका अगुवाहरुले विवादलाई साम्य पारी हटाइएकाे राप्रपाकाे ब्यानर पुन राख्न लगाएका थिए ।

कार्यक्रममा आयाेजक समितिकाे बाहेक अन्य कुनैपनि दल वा समुहकाे ब्यानर नराख्ने सहमति भएपनि राप्रपाका नेता कार्यकर्ताले जबरजस्ती आफ्नाे पार्टीको ब्यानर राखेर कार्यक्रम नै भाँड्न खाेजेकाले आँफुहरु कार्यक्रम छाेडेर हिड्नु परेकाे राष्ट्रवादी संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए।
उनले भने,`माघ १३ गते वीरगन्जमा राजा ज्ञानेन्द्र शाहकाे नागरिक अभिनन्दनका लागि २० वटा दल र समुह आबद्ध मूल समाराेह समिति गठन गरिएको थियाे ।आजकाे कार्यक्रममा यहि समितिकाे मात्र ब्यानर राख्ने सहमति भएकाे थियाे ।तर राप्रपाले जबर्जस्ती आफ्नाे ब्यानर राखेर कार्यक्रम भाँड्न खाेजेपछि हामी कार्यक्रम छाेडेर हिँड्याै।´
घणटघर चाेकमा आयाेजित कार्यक्रमकाे अध्यक्षता समितिका अध्यक्ष देवेन्द्रलाल नेपालीले गरेका थिए भने प्रमुख अतिथि समितिका केन्द्रीय संयाेजक नरेश बहादुर सिंह थिए।