बझाङ,१७बैशाखः बझाङ–१ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै भण्डारी निर्वाचित भएका हुन्। एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचिन भएका हुन्। भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।
बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

