Madhes Khabar
राजनीति हेडलाइन

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

मधेसखबर
वीरगन्ज,२३ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा बुधबार जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गरेको छ । जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतले वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा घरदैलो गर्दै मतदातालार्य भेटेर जसपालाई मतदान गर्न आग्रह गरे ।

मतदातासंगको भेटघाटामा प्रतिनिधीसभा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री यादवले विकास र जनताको सेवा नै आफनो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने बताए ।

उनले पाँच वर्षको कार्यालयमा आफुले यीनै दुइ वटा एजेण्डामा ध्यान केन्द्रित गरि जनता माझ रहेको र फेरि अवसर पाए यीनै एजेण्डाका साथ अगाडि बढ्ने बताए । मतदाताहरुको गुनासा पनि सुन्दै यादवले भने ,‘ म सांसद बने , त्यसपछि छोटो अवधीका लागि मन्त्री पनि बने , सकेको जति जनताको लागि काम गरे , अब केहि अधुरा कामहरु पनि पुरा गर्नुछ , त्यसका कारण फेरि अवसर दिन तपाईहरुसंग आग्रह गर्छु ।

आफु पदमा रहदा होस् वा पदमा नरहदाअअ होस् , जहिले पनि नेता भन्दा जनताको सेवक बनेर बसेको भन्दै यादवले समृद्ध पर्सा र समृद्ध पर्सावासीको नारालाई आफुले सदैव लिएर अगाडि बढेको र आगामी दिनमा पनि त्यहि अनुसार बढ्ने बताए ।मधेस र मधेसका जनताको पहचिान , अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने,‘ नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन् , ती पुरा गराउन फेरि जसपाले अवसर पाउनु पर्छ ।

चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो ।

 

Related posts

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

MadhesKhabar

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

MadhesKhabar

पर्सा जिल्लामा ३ लाख ५१ हजार ६२८ मतदाता, कुन पालिकामा कति ?

MadhesKhabar

Leave a Comment