Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसमा भाेलिदेखि पठनपाठन सुचारु हुने

वीरगन्ज,१४बैशाख: वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रवार (भोली) देखि पठनपाठन सुचारु हुने भएको छ । विभिन्न विद्यार्थी संगठनदेखि त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिले क्याम्पसका विभिन्न शाखामा गरेकाे तालाबन्दी खोल्ने सहमती भएसँगै शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको हो ।

निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमणले बिहिवार एक सूचना जारी गर्दै तालाबन्दी खोल्ने र पठनपाठन सुचारी गर्ने सहमती भएको जानकारी दिएका छन् ।

क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्न र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले बैशाख ४ गते तालाबन्दी गरेका थिए ।

विद्यार्थी संगठनको मागका सम्बन्धमा त्रि.वि. मा पत्र पठाएर सम्बोधन गर्न पहल गरिएको निमित्त क्याम्पस प्रमुख रमणद्वारा जारी सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिसँग पनि वार्ता भएर तालाबन्दी खोल्ने सहमती भएको हो ।

Related posts

दिपावली र छठमा पटाका नपड्काउन र राति ९ बजेपछि देउँसीभैलो नखेल्न पर्साका सीडीओको आदेश

MadhesKhabar

धोबिनीका अध्यक्ष चौहानले वीरगन्जमा गोप्य रुपमा गाँउपरिषद गराएको जनप्रतिधिनीहरुको आरोप

MadhesKhabar

वडाध्यहरुसंग मेयर सिंहकाे आग्रह: भाेटकाे राजनीति भन्दा माथि उठेर वीरगन्जको विकासमा लाग्नुस्

MadhesKhabar

Leave a Comment