Madhes Khabar
राजनीति

नवनियुक्त तीन मन्त्रीले गरे पदभार ग्रहण


मधेशखबर
वीरगंज , असाढ २१,२०७९ नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा वन तथा वातावरण मन्त्री प्रदीप यादव ,कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तीनै जना जनता समाजवादी पार्टी जसपाका हुन्। यसअघि सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई जसपाले फिर्ता बोलाएको हो ।

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै जनताको रहर हरित सहर’ कार्यक्रम अन्तर्गत तराई–मधेसका १०५ पालिकाहरूमा वृक्षारोपण गरीने बताए । ती पालिकाहरुमा अहिले वन तथा रुख बिरुवा नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरि र नहरको वरिपरि नदी नियन्त्रणमा सहयोग हुने गरी वृक्षरोपण अभियानको थालनी गरिने जानकारी दिए ।

 

Related posts

प्रधानमन्त्री प्रचण्डलाई भेटेरै सांसद यादवले मागे वीरगन्जका लागि विशेष प्याकेज

MadhesKhabar

रास्वपा अराजक जमातहरुको अस्थायी गठजोड हो : एमाले नेता बादल

MadhesKhabar

निर्वाचनको दिन मतदाता ओसारपसार गर्ने सवारी साधनमा रोक

MadhesKhabar

Leave a Comment