Madhes Khabar
राजनीति हेडलाइन

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज,२६ असोज : पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धका पाच दलका नेता कार्यकर्ताले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

गठबन्धनबाट पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा उम्मेदवार काँग्रेसका अजय चौरसिया, प्रदेशसभा सदस्य उम्मेदवार २ को (क) मा काँग्रेसका श्याम पटेल र २ को (ख) मा लोसपाका रमेश पटेल चुनावी मैदानमा छन् ।

बुधबार वीरगन्जको नगरसभागृहमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको भेलामा बोल्ने काँग्रेस , लोसपा , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका अगुवा नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनिहरुले गठबन्धनबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसीया , विगत देखि नै विकासप्रेमी छवि भएको नेता रहेका कारणले चौरसीयो उम्मेदवारीले क्षेत्रका मतदाताहरुमा झन उत्साह छाएको बताए । उनिहरुले पाँच दलीय गठबन्धन यसै पनि बलियो अवस्थामा भएको भन्दै जनताबाट समेत उत्साहजनक प्रतिक्रिया आइरहेकाले यसले जित्ने माहोल झन थप भइरहेको जिकिर गरे ।

पाँच दलका अगुवा नेताहरुले प्रदेशसभा सदस्यका उम्मेदवारद्वय पटेल र कुर्मी पनि जनताको सेवा सदैव लागि रहने नेता भएका कारण पर्सा २ मा प्रतिनिधीसभा र प्रदेशसभा गरि तीन वटै पदमा गठबन्धनको जित सुनिश्चित भएको बताए । यद्यपि चुनावमा दाँया पनि हुन सक्ने भएकाले पाच दलका सबै नेता कार्यकर्ताले इमान्दिरता भने देखाउने पर्नेमा उनिहरुको जोड थियो ।

कार्यत्रमलाइ सम्बोधन गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार चौरसीयाले आफु पदमा रहे पनि नरहेपनि सदैव जनताको दुखसुख र क्षेत्रको विकासमा सकृय रहदै आएकाले यसपालि जनताले त्यसको अवश्यक मुल्यांकन गर्ने बताए । चौरसीयाले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै कारण संविधान र लोकतन्त्र मासिनबाट जोगिएकाले जनताले यो कुरा पनि बुझिरहेको बताए ।

२/३ को सरकार समेत चलाउन नसक्ने , अनि मधेस र मधेसीलाइ सधै हेप्दै आएको एमालेसंग मधेसको मसिहा भनाउदा उपेन्द्र यादवले चुनावी स्वार्थका लागि अपबित्र साँठगाँठ गरेकोले जनताले चुनावमा ती दुवै दलको पनि मुल्यांकन गर्ने उनले बताए । उनले जनचाहनाको सदैव सम्मान गर्न र गठबन्धनलाई विजयी बनाउने कार्यमा एकजुट भएर लाग्न नेता कार्यकर्तासंग अपिल पनि गरे ।

काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका पोलिटब्यूरो सदस्य चिरन्जिीवी आचार्य , नेता मनोज चौधरी, काँग्रेस नेता श्याम पोखरेल,नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता र अमिताभ बच्चन दास, लोसपाका जिल्ला उपाध्यक्ष सन्तोष तिवारी, काँग्रेसका नेताहरु विजय सर्राफ लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण काँग्रेस युवा नेता धिरज गुप्ताले गरेका थिए ।

Related posts

बाराको चैनपुरमा एमालेका १२० नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग ,श्रेष्ठ र सोनलले गरे स्वागत

MadhesKhabar

ठोरीको प्रहरी कार्यालय भवन वर्षाैदेखि जीर्ण, सुरक्षाकर्मीलाई सास्ती

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

Leave a Comment