Madhes Khabar
राजनीति हेडलाइन

ठाकुररामको स्ववियु निर्वाचन : सर्वपक्षीय बैठक निष्कर्ष बिहिन, विधार्थीको अनसन जारी

मधेसखबर
वीरगन्ज ,३०फागुन : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा उत्पन्न विवाद सुल्झाउन मङगलबार साँझ बसेको सर्वपक्षीय बैठक निष्कर्ष बिहिन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा सहमति नजुटेपछि निष्कर्ष बिहिन भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितीमा बसेको बैठकमा चार घण्टा सम्म छलफल भएपनि निष्कर्ष निस्किदा बुधबार बिहान ८ बजे फेरि बस्ने गरि बैठक सकिएको बैठकमा सहभागी नेपाली काँग्रेस पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए ।

बुधबार बिहान ८ बजे फेरि बैठक बस्ने स्ववियु निर्वाचनका बारेमा ठोस निर्णय गरिने उनले बताए । मङगलबार बेलुकी ८ बजे सम्म चलेको बैठकमा सोमबार निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा त्रूटी रहेको र त्यस बारे छानबिन गरि सच्याउनु पर्ने विषयमा छलफल भएपनि निष्कर्ष भने निस्किन नसकेकाले बुधबार बिहान फेरि बैठक बस्ने सहमति भएको सिंहले बताए ।

बैठकमा प्रजिअ रेग्मीसंगै क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया , निर्वाचन अधिकृत रोशन लामिछाने ,नेकपा एमालेका पर्सा जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा , जसपााका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचिव तबरेज अहमद , नेकपा माओवादी केन्द्रका नेता रामदरश कुशवाहा , युवा नेता प्रभाकर गुप्ता , काँग्रेस पर्साका सचिव इम्तियाज आलम, सहसचिव नवीन सिंह , जनमत पार्टीका नेता मुकेश द्धिवेदी , नागरिक उन्मुक्ति पार्टीका निरन्जन चौधरी लगायतको सहभागिता थियो ।

स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार , मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो । मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा उल्लेख थियो ।

तर सोमबार निर्वाचन समितिले जारी गरेको ९ हजार ७ सय मतदाताको नामावली प्रति विरोध जनाउदै मंगलबार बिहान विधार्थी संगठनहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राखेर क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरिदिएका थिए । जसका कारण मंगलबार मनोनयनपत्र वितरण कार्य नै हुन सकेन । त्यसपछि निर्वाचन समितिले तत्काल निर्वाचन कार्यतालिका स्थगीत गरेर यस बारेमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकमा छलफल गर्ने जानकारी विधार्थी संगठनहरुलाई गराएको थियो । तर सर्वपक्षीय बैठकमा पनि मंगलबार निष्कर्ष निस्कन नसकेपछि चैत ८ मा निर्धारित निर्वाचन नै अब हुने किन नहुने भन्ने अन्यौल थप बढेको छ ।

यता स्ववियु निर्वाचन , निर्वाचन समितिले तोकेको मिति चैत ८ मै निष्पक्ष ढंगबाट हुनु पर्ने माग राख्दै विधार्थी संगठनहरुले मङगलबार साँझ देखि संयुक्त रुपमा क्याम्पस परिसरमै अनशन शुरु गरेका छन् ।

अनसनमा बसेका विधार्थी नेताहरुले निर्वाचन समितिले ठोस निर्णय नगरे सम्म अनसन जारी नै राख्ने अडान पनि लिएका छन् ।
अनसनमा बसेका नेविसंघका तर्फबाट सभापतिका प्रत्याशी मुनराज तिवारीले केहि अराजक तत्वले हार्ने डरले स्ववियु निर्वाचन भाँड्ने नियतले अनेक षडयन्त्र गरिरहे पनि आफुहरुले उनिहरुको षडयन्त्र पुरा हुन नदिने बताए । उनले भने ,‘ स्ववियु निर्वाचन चैत ८ मै हुनुपर्छ , यदि कसैले चुनाव भाँड्ने हर्कत गर्छ भने हामी सशक्त प्रतवादमा उत्रिन्छौ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शीवम साहले भने स्ववियु निर्वाचन निस्पक्ष र यथावत मिति (चैत८) मै हुनु पर्ने आफुहुरुको माग रहेको बताए ।

 

Related posts

पर्सा ४ बाट कांग्रेस महासमिति सदस्यमा मन्त्री रिजालसहित ११ जना निर्विरोध निर्वाचित

MadhesKhabar

वीरगन्जको होटलमा लुकीछिपी बसेका बंगलादेशी नागरिक हुसेन पक्राउ

MadhesKhabar

लामखुट्टेको प्रकोप बढेपछि फाल्गुन २४ देखि विषादी छर्ने वीरगन्ज महानगरको तयारी

MadhesKhabar

Leave a Comment