
वीरगन्ज, ३० फागुन:वीरन्जमा रहेकाे प्रसिद्ध गहवामाई मन्दिरबाट गहवामाईकाे डाेली यात्रा यसवर्षपनि भव्यताका साथ निकालिने भएको छ। आगामी चत १२ गते ऐतिहासिक
ऐतिहासिक गहवामाईको डोली यात्रा निकालिने तयारी भइरहेको छ।
ऐतिहासिक गहवामाईकाे डोली यात्राको तयारीबारे शनिबार बिहान पत्रकार सम्मेलन गरेर गहवामाई मन्दिर सञ्चालक समितिले गराएको हाे।गहवामाई मन्दिर परिसरमै आयाेजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नरेन्द्र साहले चैत १२ गते अर्थात मार्च २६ तारिख बिहीबारका दिन गहवा माईको निशानसहित भव्य डोली यात्रा निकालिने जानकारी गराए । चैते दशैंको अवसर पारेर ऐतिहासिक गहवा माईको डोली यात्रा आयोजना गर्न लागिएको उनले बताए ।

उनका अनुसार, गहवामाईकाे डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई महानगर स्थित विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन हुनेछ ।डाेली यात्राकै क्रममा वीर्ता माई मन्दिर, अलखिया मठ, गणेश मन्दिर, महावीर मन्दिर लगायतका स्थानमा पूजा–अर्चना पनि गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष साहले जानकारी गराए ।
हजराैं भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको गहवामाई डाेली यात्रलाई व्यवस्थित बनाउनन गहवामाई डोली यात्रा नागरिक समाज, सुरक्षा निकायलगायत सम्मिलित उपसमिति पनि गठन गरिएकोे उनले बताए ।
गहवा माईको डोली यात्रामा निशान उठाउन इच्छुक भक्तजनले समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग रकम बुझाएर माताको झन्डा, पटुका र टोपी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उनले । डोली यात्रामा पर्सा, बारालगायत छिमेकी सहर रक्सौल र मुलुकका अन्य क्षेत्रबाट समेत श्रद्धालुभक्तजनहरूको भब्य सहभागिता रहने अनुमान गरिएको उनले बताए ।
डोलीयात्राकै अवसरमा चैत ११ गते बिहान ७ बजेदेखि माईस्थानस्थित मन्दिर परिसरमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिने अध्यक्ष साहले बताए ।

