वीरगन्ज,१७जेष्ठ:बिहीबार बेलुकी बर्षासंगै आएकाे हावाहुरीले पर्सामा व्यापक जनधनकाे क्षति भएकाे छ।
प्रहरीलाई राति १०.३० बजेसम्म प्राप्त विवरण अनुसार, हावाहुरीका कारण पर्सामा एक जना बृद्धकाे मृत्यु भएकाे छ भने एनसेलकाे टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइतेपनि भएका छन्।
पर्साकाे विन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएकाे जस्ताले चाेट लागेर १०७ बर्षिय बृद्ध गुदेरी साहकाे मृत्युु भएकाे पर्साका प्रहरी नायब उपरीक्षक केशर न्याैपानेले जानकारी दिए।उनका अनुिार,बिहीबार बेलुकी आफ्नै घरकाे पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीकाे घरकाे छानाबाट उडाएर ल्याएकाे जस्तापाताले लागेर गम्भीर घाइते भएका थिए ।घाइते साहलाई उपचारका लागि बाराकाे नाैतनस्थित एलएस न्युराे हस्पिटलमा ल्याउने क्रममा बाटाेमै मृत्युु भएकाे ,प्रहरी नायब उपरीक्षक न्याैपानेले जानकारी दिए।
यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलकाे टावर हावाहुरीले ढलेकाे र त्यसले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् ।घाइतेकाे पहिचान भने खुलेकाे छैन।उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याईएकाे प्रहरी नायब उपरीक्षक न्याैपानेले जानकारी दिए।
बहुदरमाई-५ मै हावाहुरीले एक रुख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएकाे खबरपनि प्राप्त भएकाे छ ।तर यसबारे प्रहरीलाई अहिलेसम्म आधिकारिक जानकारी भने आईनसकेकाे न्याैपानले बताए ।
बिहीबार बेलुकीकाे हावाहुरीले पर्सा जिल्लामा पुर्याएकाे क्षतिकाे विवरण संकलन गर्ने काम भईरहेकाे न्याैपानेले जानकारी दिए।

