वीरगन्ज,२२कार्तिकः वीरगन्जको छपकैयामा रहेको सुर्या हस्पिटललेपनि बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी र केमिल प्रयोग गर्ने गरेको भेटिएको वीरगन्ज महानगरपालिकाको अनुगमन समितिले जनाएको छ ।
महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितिले बुधबार सुर्या हस्पिटलमा पुगेर छड्के अनुगमन गर्दा बिरामीको उपचारमा म्याज गुज्रिएका औषधी र केमिकलहरु प्रयोग गरेको भेटिएको समितिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए ।
अनुगमनका क्रममा सुर्या अस्पतालको स्टाेर रुममा म्याद गुज्रिएका औषधी र केमिकल भेटिनुकासाथै अस्पतालको आकस्मिक कक्षपनि फोहोर अवस्थामा भेटिएको ठाकुरले बताए ।महानगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका ठाकुरले भने,‘ इमरजेन्सी वार्डपनि निक्कै फोहोर रहेको भेटियो ,अस्पतालले सरसफाइको मामिलामा एकदमै लापरवाही गरेको देखिन्छ ।
यस्तै बुधबार नै कृष्णा अस्पतालमापनि अनुगमन गरिएको उक्त अस्पतालमापनि सरसफाईको अवस्था नाजुक रहेको पाइएको ठाकुरले बताए ।दुवै अस्पताललाई पहिलो पटकका लागि सचेतमात्र गराइएको र फेरि यस्तो लापरवाही गरेको भेटिएमा अस्पताल नै शील गर्ने चेतावनी अस्पताल सञ्चालकहरुलाई दिइएको उनले बताए ।
यसअघि मंगलबार अनुगमन समितिले वीरगन्जकै भवानी हस्पिटल र तराई हस्पिटलमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती दुवै अस्पतालमा पनि बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी र केमिकल फेला परेको समितिले जनाएको थियो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगन्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगन्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता थियो ।