Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा खिंचडी महोत्सवको रौनक ( फोटो फिचर सहित )

मधेसखबर
वीरगन्ज,०१माघः खासगरि थारु समुदायको मुख्य चाड मानिने माघी (खिंचडी) पर्ब , वीरगन्जमा भने थारुसंगै भोजपुरी , मैथीली , मारवाडी र नेवारी समुदायले संगसंगै मनाएका छन् ।

यसअघिका वर्षहरुमा माघ १ गते वीरगन्जमा थारु समुदायको एकल आयोजनामा माघी (खिंचडी) महोत्सव आयोजना हुदै आएको थियो । तर यसपालि भने आइतबार थारुसंगै भोजपुरी, मैथीली , मारवाडी र नेवार समुदायले एकै थलोमा खिंचडी समारोह आयोजना गरेर संगसंगै माघी पर्ब मनाएका हुन् ।

वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा माघी मूल समारोह समितिले आयोजना गरेको खिंचडी महोत्सवमा थारु , भोजपु्री, मैथीली , मारवाडी र नेवार समुदायका खानाका परिकारहरुको स्टल राखियो थियो ।

थारु समुदायको स्टलमा घोङगी, गंगटा , माछा , हाँस , परेवा र कुखुराको मासुका परिकार राखिएको थियो । यस्तै भोजपुरी समुदायको स्टलमा तिल र भुजाको लड्डु , मैथीलीको स्टलमा खिंचडी , नेवारको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए ।
खानाको परिकारको स्टल नजिकै खरको छाप्रो बनाएर त्यसमा यी पाँच वटै समुदायको परम्परा झल्किने गरि पोशाक , घरमा प्रयोग हुने सामान , जिविकोपार्जनका साधनहरु प्रर्दशनीमा राखिएको थियो ।

समारोहमा थारु , भोजपुरी , मैथीली , मारवाडी र नेवार समुदायका कलाकारले आ आफनो समुदायका लोकसंस्कृति झल्किने पोशाक लगाएर नृत्य पनि प्रस्तुत गरेका थिए ।महोत्सव स्थलमै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

माघी पर्ब खास गरि थारु समुदायको प्रमुख पर्व मानिएको भएपनि यस पर्व प्रति हरेक समुदायको आस्था भएका कारण यसपालि सबै समुदायको सहभागीतामा मनाएर यो पर्व अब नेपालकै साझा पर्व बन्दै गएको सन्देश दिने प्रयास गरिएको कार्यक्रमका संयोजक रामसुन्दर चौधरीले बताए ।

समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा आयोजित समारोहमा प्रदेशसभा सदस्य देवनारायण चौधरी , मधेस विश्व विधालयका उपकुलपति प्रा.डा. दिपक शाक्य , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , सामाजिक अभियन्ता प्र्रकाश थारुका साथै पर्सा , बाराका थारु समुदायका अगुवाका साथै सामाजिक अभियन्ता , राजनीतिक दलका प्रतिनिधी , संघसंस्थाका प्रतिनिधी लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्ज महानगरले आफ्नै ल्याबबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

MadhesKhabar

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

MadhesKhabar

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

MadhesKhabar

Leave a Comment