
वीरगन्ज,२४जेष्ठःआईसीसी टी–२० विश्वकप क्रिकेटमा आज (बिहीबार)राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।जारी विश्वपको समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल अमेरिकासंग खेल्न लागेको हो ।
यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो ।पाकिस्तान र अमेरिकाबीचको खेल राति सवा ९ बजेदेखि सुरु हुनेछ ।
पाकिस्तानका बाबर आजम र अमेरिकाका आरोन जोन्स बिहीबार हुने खेलमा प्रभाव पार्न सक्ने खेलाडीका रुपमा रहेका छन् ।जारी विश्वकपमा आजै बिहान भएको खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको थियो ।

