Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटकाे उपाधीका लागि फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने

वीरगन्ज,१मंसिर:आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

बिहीबार भएकाे दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएर फाइनलमा भारतसंगकाे भिडन्त पक्का गरेकाे हाे ।

फाइनल खेल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत २०११ र अस्ट्रेलिया २०१५ पछी पहिलाे विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् ।

अहिलेसम्म भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।

जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो ।

अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।

Related posts

वीरगन्जमा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

यू–१९ एसिया विश्वकप छनोट : नेपालको लगातार चौथो जित

MadhesKhabar

साफ यु-१९ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

MadhesKhabar

Leave a Comment