Madhes Khabar
खेलकुद

मुम्बईकाे साताैं हार, लखनउ ४ विकेटले विजयी

वीरगन्ज,१८बैशाख:मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा साताैं हार ब्यहाेरेकाे छ।मंगलबार राति भएकाे खेलमा लखनउ सुपर जायन्ट्ससंग मुम्बई ४ विकेटले पराजित भएको हाे।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

लखनउको लागि मार्कस स्टोयनिसले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले २२ बलमा २८ तथा दिपक होडाले १८ बलमा १८ रन बनाए । निकोलस पुरनले १४ बलमा अविजित १४ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले दुई तथा जेराल्ड कोट्जे, मोहम्मद नाबी र नुवान तुषाराले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

मुम्बईका लागि निहाल बढेराले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाए । टिम डेबिडले १८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३५ रन बनाए । इशान किशनले ३६ बलमा ३२ तथा सुर्य कुमार यादवले ६ बलमा १० रन बनाए ।

लखनउका लागि मोहसिन खानले दुई तथा मंयक यादव, नभिन उल हक, मार्कस स्टोनियस र रवि बिश्नोईले समान एक एक विकेट लिए ।

लखनउ १० खेलमा ६ जितका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा सातौं हार ब्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा झरेको छ । यो हारसँगै मुम्बईको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

Related posts

अस्ट्रेलिया विरुद्धको पहिलो टेष्टमा भारतको फराकिलो जित

MadhesKhabar

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

सिमरा गाेल्डकप फुटबल चैत ९ गतेबाट

MadhesKhabar

Leave a Comment