Madhes Khabar
खेलकुद

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

फाइल तस्बिर।

काठमाडौं,२० मंसिर : अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जितेको थियो ।

३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।

‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरुपनि हासिल गरेका छन् । जब उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका,’ टाइमले लेखेको छ ।

यस्तै टाइमसले मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।

गत वर्ष अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेसीले टाइम म्यागजिनको अवार्ड जित्ने जिम्न्यास्ट सिमोन बेल्स, स्विमर माइकल फेल्प्स र एनबीए सुपर स्टार लिब्रोन जेम्सको सूचीमा समावेश भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग सम्झौता सकिएपछि मेसीले आफ्नो ब्वाएहुड क्लब बार्सिलोना फर्किने इच्छा राखेका थिए तर त्यो तत्काल सम्भव भएन । त्यसपछि उनलाई अमेरिका र साउदी लिग खेल्ने विकल्प थिए । तर उनले अमेरिकन क्लब रोजेका हुन् ।साभारःअनलाइनखबरबाट

Related posts

राेहितकाे किर्तिमानी शतकमा भारतकाे लगातार दाेस्राे जीत

MadhesKhabar

सिमरालाई हराउँदै काठमाडौंले जित्याे अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको उपाधी

MadhesKhabar

नेपाल पाकिस्तानसंग पराजित

MadhesKhabar

Leave a Comment