Madhes Khabar
खेलकुद

नेपाल पाकिस्तानसंग पराजित

वीरगन्ज,२९असार: एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ ।

जितको लागि पाएकाे १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे।

पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ८.५ ओभरमा ५० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको एक उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।

Related posts

पर्सा क्रिकेट लिगको उपाधि नेशनल इन्फोटेक क्लबलाई

MadhesKhabar

टी-२० विश्वकपकाे पहिलाे खेलमै नेपाल नेदरल्यान्डससंग हार्याे

MadhesKhabar

लेबनानलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment