Madhes Khabar
खेलकुद

विश्वकप फुटबल :जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

वीरगन्ज ,१९ मंसिर :जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा साेमबार राति भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा ३-१ गाेलले हराएकाे हाे।

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरेका थिए । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरेका थिए । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियाे ।

अब क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

Related posts

पाकिस्तानकाे धारिलाे बलिङ सामु भारत ११९ रनमै अलआउट

MadhesKhabar

टी-२० विश्वकप जित्ने टिमले नगद साढे ३२ कराेड रुपैयाँ पुरस्कार पाउने

MadhesKhabar

दोस्रो एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे सहज जीत

MadhesKhabar

Leave a Comment