Madhes Khabar
खेलकुद

नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा

काठमाण्डाै , २२ साउन : नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इंग्ल्याण्ड फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।
साेमवार अस्ट्रेलियाकाे सनकर्प स्टेडियममा भएकाे खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।खेलकाे ८७ औँ मिनेटमा इङ्ग्ल्यान्डकी लरेन जेम्स राताे कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।

 

 

 

अब इंग्ल्याण्डले क्वाटरफाइनलमा कोलम्बिया र जमैकाबीचकाे विजेतासँग अगस्ट १२ मा खेल्नेछ । काेलम्बिया र जमैकाबीचकाे खेल मङ्गलवार हुँदैछ ।

Related posts

टी-२० विश्वकप : आयरल्याण्डमाथि क्यानडाकाे सानदार जित

MadhesKhabar

नेपालले पाकिस्तानलाई हरायो

MadhesKhabar

विजयउत्सव मनाउन जनकपुर बोल्ट्सको टिम वीरगन्जपनि आउने

MadhesKhabar

Leave a Comment