Madhes Khabar
खेलकुद

एसिया कपमा भारतले पाकिस्तानलाई हरायाे

काठमाडौं,४साउन:महिला एसिया कप क्रिकेट अन्तर्गत समूह ए को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य भारतले ३५ बल अगावै मात्र ३ विकेटको क्षतिमा भेट्यायो ।

भारतका लागि ओपनरद्वयले शानदार ब्याटिङ गर्दै जीतको आधार तय गरे । स्मृति मन्धानाले ३१ बलमा ४५ रन बनाइन् भने सेफाली वर्माले २९ बलमा ४० रनको योगदान दिइन् । दायालन हेमालथाले ११ बलमा १४ रन जोडिन् । पाकिस्तानका लागि सयेदा अरुब शाहले २ तथा नशरा सान्धुले १ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदैं १ सय ८ रन बनाएको थियो । पाकस्तानका लागि सिदरा अमिनले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यसतै, तुबा हसन र फातिमा सानाले २२–२२ रन जोडे ।बलिङतर्फ भारतका दिप्ती शर्माले ३ तथा रेनुका सिंह, पूजा भस्त्राकर र श्रेयंका पाटिलले २–२ विकेट हात लिइन् ।

जीतसँगै समूह ए मा भारतले नेपालसँगै २ अंक बटुलेको छ । नेपालले शुक्रबार नै भएको खेलमा यूएईलाई हराएको थियो ।साभार:राताेपाटीबाट

Related posts

यू–१९ टिमकी कप्तानसहित मधेसका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने मन्त्री जयसवालको घोषणा

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे सानदार जीत,गण्डकी १४५ रनले पराजित

MadhesKhabar

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

MadhesKhabar

Leave a Comment