Madhes Khabar
खेलकुद

आईपीएल:आज पञ्जाब र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

वीरगन्ज,१०चैतः भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ। आज पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

आजको पहिलो खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे पञ्जाब र दिल्लीबिच हुनेछ । पञ्जाबको कप्तान शिखर धवन र दिल्लीको ऋषभ पन्त छन् । पन्त झण्डै डेढ वर्षपछि मैदान फर्किदैछन् । सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेसँगै उनी मैदान बाहिर थिए ।

आजको दोस्रो खेलमा बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । कोलकाताको कप्तानी श्रेयस ऐर र हैदराबादको प्याट कमिन्सले गर्नेछन् । कोलकातामा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क छन् । उनलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो ।

त्यस्तै अस्ट्रेलिया क्रिकेट टोलीका कप्तान कमिन्स आईपीएल इतिहासकै दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । हिजो शुक्रबारदेखि शुरु भएको आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । उसले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको हो ।

Related posts

जगरनाथपुर गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सन्ठी माविले जित्याे

MadhesKhabar

पन्चगावाँ गोल्डकप फुटबलको फाइनलमा वीरगन्ज युथ एकेडेमी र आराभर भेट्रान्स भिड्ने

MadhesKhabar

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

MadhesKhabar

Leave a Comment