Madhes Khabar
खेलकुद

तेस्रो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

काठमाडौं,२१भदौंःनेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ ।श्रीलंकाको थ्रस्टन कलेज ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए ।बलिङ्तर्फ नेपालका सोमपाल कामी र गुल्सन झाले २÷२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अलआउट हुदैं १५९ रनमात्र बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए ।आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।बलिङ्तर्फ श्रीलंका डेभलपमेन्टका गरुका सन्खेत एक्लैले ६ विकेट लिए ।

Related posts

प्रधानमन्त्री कप क्रिकेटमा मधेस पुलिससंग पराजित

MadhesKhabar

हेटौंडालाई हराउँदै वीरगन्जले जित्यो परवानीपुर गोल्डकपको उपाधि

MadhesKhabar

वीरगन्ज स्कूल्स कप टी–२० क्रिकेटको उपाधि ग्रीन ल्याण्डले जित्यो

MadhesKhabar

Leave a Comment