Madhes Khabar
खेलकुद

सर्लाही हराउँदै वीरगन्ज सेमिफाइनलमा

बारा,१९चैत:विरगन्ज युनाईटेड बाराकाे डुमरवानामा जारी तेस्रो डुमरवाना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

साेमबार भएको क्वाटरफाईनल खेलमा सर्लाहीको एभरेष्ट फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै विरगन्ज युनाईटेड सेमिफाईनलमा प्रवेश गरेको हो ।

विरगन्जको जितमा विपिन तुम्सिङ मगरले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे ।फाईनल प्रवेशको लागी अब विरगन्जले निजगढ एफसीसंग बुधबार हुने सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तरगत मंगलबार हुने अन्तिम क्वाटरफाईनल खेलमा विरगन्ज युथ एकेडेमी र रिगल हेटौडा रिसोर्टबिच भिडन्त हुनेछ ।

जनमुखी युवा चारपाते क्लबको आयोजनामा जारी प्रतियोगिता चैत २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेता टिमले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Related posts

एसिया कपकाे सुपर फाेरमा आज श्रीलंका र बंगलादेश भिड्दै

MadhesKhabar

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

जीतपुरसिमरा गाेल्डकप : एपिएफ र फ्रेण्ड्सबिचकाे खेल हावाहुरीका कारण स्थगित

MadhesKhabar

Leave a Comment