Madhes Khabar
खेलकुद

विश्व कीर्तमान बनाएका दीपेन्द्र सिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

काठमाडौं,१८असोजः अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन्। नेपाल प्रहरीको सेवारत रहेका ऐरीलाई बढुवा गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरे ऐरीले क्रिकेटका हस्तीहरूको कीर्तिमान तोडेका थिए। त्यसैको सम्मानमा नेपाल प्रहरीले ऐरीलाई प्रहरी सहायक हवल्दारमा बढुवा गरेको बताइएको छ।

नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरी २०१६ देखि प्रहरी सेवामा प्रवेश गरेका थिए। एसियन गेम्स खेलेर ऐरी आजै स्वदेश फिर्ता भएका थिए।साभारः अन्नपूर्णपोष्टबाट

 

Related posts

ठाेरी गाेल्डकप फुटबल : माडीमाथि हेटाैंडाकाे जित

MadhesKhabar

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

MadhesKhabar

अर्जेन्टिनासँग हार्याे ब्राजिल

MadhesKhabar

Leave a Comment