वीरगन्ज,२४असाेज:पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयबस्तीमा जारी स्व.रामबहादुर श्रेष्ठ स्मृति गाेल्डकप फुटबलमा बुधबार भएकाे खेलमा हेटाैंडा फुटबल एकेडेमी हेटाैंडा विजयी भएकाे छ ।
प्रतियोगिताको पाँचौं दिन बुधबार भएकाे खेलमा हेटाैंडा फुटबल एकेडेमीले इमेज बसन्तपुर युनाइटेड क्लब माडी चितवनलाई १-० गाेलले पराजित गरेकोे हाे ।खेलकाे म्यान अफ दि म्याच हेटाैंडाका एन्जल महर्जन घाेषित भए ।
प्रतियोगितामा बिहीबार विजयबस्ती फुटबल क्लब ठाेरी ४ विजयबस्ती र वनशक्ती युवा क्लब सितपुरबिच हुने आयाेजक प्रतिभा युवा क्लबका अध्यक्ष गाेपी श्रेष्ठले जानकारी दिए ।
शनिबारदेखि सुरु प्रतियोगितामा १६ वटा टिमले भाग लिएका छन् ।कात्तिक ६ गते हुने फाइनल खेलकाे विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

