काठमाडौं,१७चैतः नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।
२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाएपछिट खेल आयरल्याण्डले सहजै जितेको हो । नेपालका लागि देव खनालले सर्वाधिक ४७ , वासिल अहमदले २७ ,कप्तान विनोद भण्डारीले २६ र लोकेश बमले २५ रन बनाए ।
बलिङ्तर्फ आयरल्याण्डका बेन ह्वाइटले ३ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।उसका लागि कप्तान निल रकले ७१ रन र पिटर मुरले ६५ रनको योगदान दिए ।
बलिङ्तर्फ नेपालका लागि सागर ढकाल एक्लैले ३ विकेट लिए भने कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।यसअघि शुक्रबार भएको खेलमापनि नेपाल आयरल्याण्डसंग २१ रनले पराजित भएको थियो ।

