काठमाडौं,५साउन:साफ-२० च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसंग फेरि स्तब्ध बनेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा साेमबार भएको खेलमा खेलमा नेपाललाई ४-० गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो।
पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीलाई च्याम्पियन बनाइन् ।

