वीरगन्ज,२१असोजःइरानमा बुधबारदेखि सुरु हुने कुश्ती च्याम्पियनसीपमा वीरगन्जका सुजित यादवलेपनि भाग लिने भएका छन् ।
इरानको उर्मिया सहरमा बुधबारदेखि असोज २५ गतेसम्म आयोजना हुने ७ औँ एसियाली जुर्खानी कुस्ती च्याम्पियनसीपमा १७ वर्षीय यादवलेपनि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालका तर्फबाट यादवले ७० केजी तौलमा प्रतिस्पर्धा गर्ने उनका प्रशिक्षक अरुण सापकोटाले जानकारी दिए ।
त्यसका लागि यादव इरान प्रस्थान गरिसकेको उनले बताए । सापकोटाका अनुसार, यादवले यसअघि राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।

