काठमाडौं,१२चैतःप्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा मंगलबार भएको खेलमा १०३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा अलआउट हुदै ५८ रन मात्र बनाएपछि मधेसले सानदार जित हात पारेको हो ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक १९ रन बनाए भने अर्जुन विकले ९ रनमात्रै जोडे ।बलिङ्तर्फ मधेसका लागि विशाल पटेल एक्लैले ६ विकेट लिए। उनले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चिए। प्रदिप पासवानले ३ विकेट र रुपेश सिंहले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेसले १०२ रनमात्रै बनाएको थियो । उसका लागि प्रदिप पासवानले सर्वाधिक २३ रन,दिपेश दासले १२ रन, पवन दासले १९ रन र रुपेश सिंहले १२ रन बनाएका थिए। बलिङ्तर्फ सुदूरपश्चिमका लागिा हेमन्त धामी र शेर मल्लले समान ४–४ विकेट लिए। मधेसले लिगको अन्तिम खेल बागमती प्रदेशसँग खेल्नेछ।

