Madhes Khabar
खेलकुद

पुलिस क्लबले जित्याे जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधि

बारा,३बैशाख: बाराकाे सिमरामा आयाेजित १४ ओैं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

सिमरा रंगशालामा साेमबार राति भएको फाईनल खेलमा मच्छिन्द्र क्लबलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधी उचालेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटेको समयमा पनि दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलकाे नतिजा टाईब्रकेरबाट निकालिएको थियाे ।

पहिलो पटक जीतपुसिमरा गोल्डकपको उपाधी उचालेको नेपाल पुलिस क्लबले नगद १० लाख रुपैयासहित ट्रफी प्राप्त गरेको छ ।उपविजेता मछिन्द्रले भने ५ लाख रुपैयामै चित्त बुझाउनु पर्याे।

प्रतियोगिताको समापन समाराेहमा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले उपाधि विजेता पुलिस क्लबका खेलाडीलाई नगद पुरस्कार, ट्रफी प्रदान गरे भने उपविजता मछिन्द्र क्लबका खेलाडीलाई महानायक राजेश हमालले नगद पुरस्कार र मेडल वितरण गरे ।

नव जनजागृती युवा क्लब सिमराले आयाेजना गरेकाे प्रतियोगितामा १० टिमले भाग लिएका थिए।

Related posts

आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै

MadhesKhabar

हकी एसिया कपकाे उपाधि जित्दै भारतले रच्याे इतिहास

MadhesKhabar

घाइते राष्ट्रिय कबड्डी खेलाडी सागरलाई भेटेर खेलकुदमन्त्री जयसवालले दिए सहयोगको आश्वासन

MadhesKhabar

Leave a Comment