Madhes Khabar
खेलकुद

अमेरिकाले पाकिस्तानलाई १५९ रनमै समेट्याे

वीरगन्ज,२४जेष्ठ:आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी खेलमा पाकिस्तानले अमेरिकाका सामु १६० रनको लक्ष्य दिएको छ।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङमा गरेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर मात्र १५९ रन बनाएकाे हाे।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन बनाए। मोहम्मद रिजवान ६ बलमा मात्र ९ रन बनाएर आउट भए। इफ़्तिख़ार अहमदले १८, शाहीन शाह अफ़रीदीले २३ र फ़ख़र ज़मानले ११ रन जोडे।

अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिए।

Related posts

नेपालले जित्याे इस्ट जोन कप क्रिकेटको उपाधि

MadhesKhabar

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

वीरगन्जमा जारी प्रो–क्लब च्याम्पियनसिप : युपी ११ विरुद्ध पुलिस ६ विकेटले विजयी

MadhesKhabar

Leave a Comment