Madhes Khabar
खेलकुद

नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँगको खेल गोलरहित बराबरीमा

काठमाडौं,२२ भदौं : पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा शुक्रबार भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

पेनाल्टी बक्स भित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो ।पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन् ।

फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।

नेपाल फिफ वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १६० औं स्थानमा छ । नेपालले दोस्रो खेल सोमबार खेल्नेछ ।साभार : अनलाइनखबर

Related posts

दोस्रो एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे सहज जीत

MadhesKhabar

मंसिरमा नियुक्त बोर्ड सदस्यको राखेपमा औपचारिक पदबहाली

MadhesKhabar

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment