Madhes Khabar
खेलकुद

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं,२०बैशाख : एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको उनले बताइन् ।साभार:अनलाइनखबर

Related posts

विश्वकप छनाैट : नेपाल बहराइनसंग पराजित

MadhesKhabar

मधेसलाई हराउँदै आर्मी जय ट्रफीको फाइनलमा

MadhesKhabar

वीरगन्जका आरिफलाई एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो

MadhesKhabar

Leave a Comment