काठमाडौं,१४चैत:फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसंग पराजित भएको छ।
मंगलबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनसंग नेपाल ३–० ले पराजित भएको हो।
घरेलु टिमलाई जित दिलाउन बहराइनका सायेद बाकेर मेह्दी, अब्दुल्ला युसुफ र कामिल अल अस्वदले एक एक गोल गरे। बहराइनले तीन गोल पहिलो हाफमा गरेको हो। जितसँगै चार खेलबाट ९ अंक जोडेको बहराइन तालिकाको दोस्रो स्थानमा छ।
छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन्।

